नेपाल नाम अगाडि विशेषण जोड्नु आवश्यक छैन : कमल थापा
काठमार्डाैं, कात्तिक २१ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले देशको नाम ‘नेपाल’ भएकाले नामको अगाडि विशेषण जोड्न आवश्यक नरहेको टिप्पणी...
काठमार्डाैं, कात्तिक २१ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले देशको नाम ‘नेपाल’ भएकाले नामको अगाडि विशेषण जोड्न आवश्यक नरहेको टिप्पणी गरेका छन्।
शुक्रबार ट्वीटरमा ट्वीट गर्दै अध्यक्ष थापाले नामका अगाडि विशेषण नराख्ने सरकारको निर्णय ठीक भएको बताएका हुन्। ‘संघीयता र गणतन्त्रको विपक्षमा रहेको कारणले भनेको होइन। प्राचिनकालदेखि हाम्रो देशको नाम ‘नेपाल’ हो। नामको अगाडि विशेषण जोड्नु आवश्यक थिएन। सरकारको निर्णय ठीक छ,’ उनले भनेका छन्।
उनले नाम अगाडि रहेका विशेषण हटाउँदा षड्यन्त्र भएको ठान्नेहरूको मनस्थितिबाट उनीहरुको उनीहरुको धरातल थाहा हुने बताएका छन्। ‘नाम अगाडि रहेका विशेषण हटाउँदा षड्यन्त्र भएको ठान्नेहरूको मनस्थितिबाट प्रष्ट हुन्छ– ति मान्यता कति कमजोर धरातलमा खडा गरिएको रहेछ,’ उनले भनेका छन्।
संघियता/गणतन्त्रको विपक्षमा रहेको कारणले भनेको होईन,प्राचिनकालदेखि हाम्रो देशको नाम ‘नेपाल’ हो।नामको अगाडी बिशेषण जोड्नु आबश्यक थिएन।सरकारको निर्णय ठीक छ।नाम अगाडी रहेका बिशेषण हटाउंदा षडयन्त्र भएको ठान्नेहरूको मनस्थितिबाट प्रष्ट हुन्छ-ति मान्यता कति कमजोर धरातलमा खडा गरिएको रहेछ
— Kamal Thapa (@KTnepal) November 6, 2020











