Kathmandu Press

कोरोना संक्रमणबाट पोखरामा थप चार जनाको मृत्यु

काठमाडौं, कात्तिक २१ : कोरोना संक्रमणको कारण पोखरामा थप चार जनाको मृत्यु भएको छ। गण्डकी मेडिकल कलेज र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत...
कोरोना संक्रमणबाट पोखरामा थप चार जनाको मृत्यु

काठमाडौं, कात्तिक २१ : कास्कीमा कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ। 

कोरोना संक्रमणबाट गण्डकी मेडिकल कलेज र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत चार जना कोरोना संक्रमितको शुक्रबार मृत्यु भएको  गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए।

उनका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखरा महानगरपालिकाका एक महिने शिशु, पोखरा महानगरपालिका–१० का ५७ वर्षीय पुरूष र बागलुङको जैमिनी नगरपालिका–९ का पुरुषको मृत्यु भएको हो। 

यस्तै, पोखरा महानगरपालिका–१७ का ७५ वर्षीय पुरूषको पनि उपचारका क्रममा शुक्रबार बिहान ९ बजे गण्डकी मेडिकल कलेजमा मृत्यु भएको डा. शर्माले जानकारी दिए।
 

प्रकाशित मिति: २०:४९ बजे, शुक्रबार, कात्तिक २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्