Kathmandu Press

प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्ष नरवणेबीच भेटवार्ता

काठमाडौं, कात्तिक २१ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय सेनाका सेनाध्यक्ष मनोज मुकुन्द नरवणेबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार...
प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्ष नरवणेबीच भेटवार्ता

काठमाडौं, कात्तिक २१ : प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय सेनाका सेनाध्यक्ष मनोज मुकुन्द नरवणेबीच भेटवार्ता भएको छ। 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री ओली र सेनाध्यक्ष नरवणेबीच भेट भएको हो।

तीन दिने नेपाल भ्रमणको लागि सेनाध्यक्ष नरवणे नेपाल आएका थिए। बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नेपाली सेनाको मानार्थ महारथीको पदवी दिएकी थिइन्।

उनले आज बिहान माउन्टेन फ्लाइट गरेका छन्। प्रधानमन्त्री ओलीसँगको भेटपछि उनी आजै स्वदेश फर्कने कार्यक्रम रहेको छ। 

प्रकाशित मिति: १९:५४ बजे, शुक्रबार, कात्तिक २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्