मंसिर २ गतेपछि खुल्ला मञ्चलगायत सार्वजनिक स्थलमा निःशुल्क खाना वितरण बन्द
काठमाडौं, कात्तिक २१ : मंसिर २ गतेदेखि खुललामञ्च लगायत सार्वजनिक ठाउँमा निशुल्क खाना खुवाउने अभियान बन्द हुने भएको छ।काठमाडौं महानगरपालिका र निशुल्क खाना...
काठमाडौं, कात्तिक २१ : मंसिर २ गतेदेखि खुल्ला मञ्चलगायत सार्वजनिक ठाउँमा निःशुल्क खाना खुवाउने अभियान बन्द हुने भएको छ।
काठमाडौं महानगरपालिका र निःशुल्क खाना खुवाउँदै आएका अभियान्ताबीच शुक्रबार तिहारको भाइटिकाको भोलिपल्टदेखि सार्वजनिक स्थलमा खाना नखुवाउने सहमति भएको हो।
खुलामञ्चमा खाना खुवाउँदा संक्रमण झन् बढ्न सक्ने, स्वास्थ्यवर्द्धक वातावरण कायम नहुने र सामाजिक प्रतिष्ठा कायम नहुने भन्दै दुबै पक्षबीच सहमती भएको हो।
अभियान्ताहरुले आगामी दिनमा निःशुल्क खाना खुवाउनको लागि वैकल्पिक स्थानको खोजी गर्न स्थानीय पालिकाहरुसँग समन्वय गर्ने भएका छन्।
प्रकाशित मिति: १९:१४ बजे, शुक्रबार, कात्तिक २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











