Kathmandu Press

महामारीमा कसरी कम भयो मौसमी फ्लू?

मास्क लगाउने, भिडभाडमा नजाने, दूरी कायम गर्ने, नियमित साबुन पानीले हात धुने, स्यानिटाइजरको प्रयोग गर्नाले कोरोना भाइरसकाे संक्रमणबाट मात्रै नभइ मौसमी फ्लूबाट पनि जोगिन सकिने विज्ञहरु बताउँछन्।
महामारीमा कसरी कम भयो मौसमी फ्लू?

भक्तपुर, कात्तिक २१ : मौसम परिवर्तनसँगै मौसमी फ्लू देखिनु सामान्य बनिसकेको छ। रुघाखोकी, ज्वरो, टाउको दुख्ने तथा अन्य सामान्य समस्या आउने गर्छन्। तर, यस पटक भने मौसमि फ्लू त्यतिधेरै देखिएको छैन।

किन? विज्ञहरुका अनुसार कोभिड–१९ को विश्वव्यापी महामारी रोकथामका लागि गरिएका विभिन्न क्रियाकलापले मौसरमी फ्लुलाई कम प्रभावकारी भएको छ। ज्सले गर्दा विगतका वर्षहरुमा जस्तो मौसिम फ्लू देखिएको छैन।

कोरोना संक्रमणका देखिएका सबै जसो देशमा मौसिम फ्लुको प्रकोप देखिएको छैन। यस पटक अमेरिकामा पनि मौसम फ्लूको खासै असर नदेखिएको जनाएको छ।

पश्चिमी अमेरिकाको कोलोराडोमा रहेकी ५१ वर्षीया कारा विलियमले कोरोनाबाट बच्नका लागि अपनाएका जनस्वास्थ्य मापदण्डहरुका कारण मौसम परिवर्तन हुँदा समेत आफु बिरामी नपरेको बताउँछिन् । विगतमा मौसमी फ्लुका कारण वर्षमा धेरै पटक विरामी हुने उनी अहिले भने बिरामी नपरेको १० महिना भएको बताएकी छन्।

उनले सीएनएनसँग भनेकी छिन्, ‘महामारीको समयमा मैले अपनाएका सुरक्षाका उपायहरुकै कारण मौसमी फ्लूले खासै प्रभाव पारेको छैन।’ कोरोनाका लागि गरिएको सतर्कताले नै मौसमी फ्लूले नछोएको उनको भनाइ छ। विलियम भन्छिन्, ‘महामारीको समयमा दूरी राख्ने, ठूलो जमघटमा नजाने, मास्क लगाउने, किनमेल गर्दा स्यानिटाइजर प्रयोग गर्ने, हात लगातार धुनेलगायतका सुरक्षाका मापदण्डहरुको पूर्ण पालना गरिरहेकी छु।’

सीएनएन मेडिकल एनालिस्ट र आपतकालीन चिकित्सक डा. लियाना वेनले पनि महामारीको समयमा अपनाईएको सावधानीका कारण नै मौसमी फ्लू कम प्रभावकारी बनेको बताउँछिन्। ‘कोरोना भाइरसबाट जोगिन हामीले अपनाएका सतर्कताहरूले चिसो, फ्लू र श्वासप्रश्वासको रोगबाट पनि बचाउँछ,’ उनी भन्छिन्।

डा. वेनका अनुसार, लक्षणविहिन कोरोना संक्रमितहरुका कारण पनि कोरोना भाइरस सर्नसक्ने सम्भावना रहेको हुँदा सावधानीका उपायहरु अपनाउनमा लापरबाही गर्नु हुँदैन। साथै विगतमा रुघाखोकी वा मौसमी फ्लू लागेपनि स्कुल, अफिस जानुलाई सामान्य रुपमा लिईन्थ्यो।

तर, अहिले भने यस्ता लक्षणहरु देखिएका मानिसहरुले थप सतर्कता अपनाउने गरेका छन् । जसले पनि रोग फैलनबाट जोगाएको विज्ञहरु बताउँछन्।

‘कोरोनाको लागि अहिलेसम्म खोप बनेको छैन, तर फ्लुको खोप भने पर्याप्त छ,’ डा. वेन भन्छिन् ‘कोरोना र फ्लूका लक्षणहरु लगभग उस्तै भएकाले कम्तिमा फ्लूविरुद्धको खोपमात्र हामीले लगायौँ भने पनि यसले कोरोनाबाट जोगिन धेरै हदसम्म मद्दत गर्छ।’

कोभिड–१९, फ्लू र रुघाखोकीका लक्षणहरु मिल्दोजुल्दो छन्। टाउको दुख्ने, जिउ दुख्ने, अस्वस्थ्य महसुस हुने, रुघाखोकीलगायतका स्वास्थ्य समस्याहरु देखापर्छन्। लक्षणहरुका कारण मात्रै यही रोग लागेको भन्न निकै गाह्रो हुन्छ।

त्यसमाथि पनि परीक्षणका सिमित स्रोतसाधनका कारण थप समस्या निम्त्याएको डा. वेन बताउँछिन्। तसर्थ सबै मानिसहरु आफुले सकेका क्रियाकलाप गरेर आफुसँग भएका स्रोतसाधनको उचित प्रयोग गरेर कोरोना भाइरसबाट जोगिन सकिने उनको भनाइ छ।

नेपालमा पनि यो मौसम परिवर्तनको समय हो। चिसो याम सुरु हुन लागेकाले पनि मौसमि फ्लूको असर देखिन सक्छ। जसले विभिन्न स्वास्थ्य समस्या निम्तिन सक्छन्।

त्यसैले विज्ञहरुले मौसमि फ्लूबाट जोगिन पनि स्वास्थ्य सतर्कता अपनाउन सुझाएका छन्। मास्क लगाउने, भिडभाडमा नजाने, दूरी कायम गर्ने, नियमित साबुन पानीले हात धुने, स्यानिटाइजरको प्रयोग गर्नाले कोरोनाबाट मात्रै नभइ मौसमि फ्लूबाट पनि जोगिन सक्ने विज्ञहरुको भनाइ छ।
(एजेन्सीको सहयोगमा)

 

प्रकाशित मिति: १८:४६ बजे, शुक्रबार, कात्तिक २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्