Kathmandu Press

खेती गर्न गोरुको अभाव

रूकुमपूर्व, कात्तिक २१ : रुकुमपूर्वको जिल्ला सदरमुकाम रुकुमकोटमा पछिल्लो समय गाई, भैंसी, गोरु पाल्न क्रम घट्दै गएको छ। पहिले गोठभरि देखिने गाई, गोरु,...
खेती गर्न गोरुको अभाव

रूकुमपूर्व, कात्तिक २१ : रुकुमपूर्वको जिल्ला सदरमुकाम रुकुमकोटमा पछिल्लो समय गाई, भैंसी, गोरु पाल्न क्रम घट्दै गएको छ। पहिले गोठभरि देखिने गाई, गोरु, भैंसी अहिले मुस्किलले कसैकसैको घरमा मात्र देख्न पाइन्छ।

पशुपालन गर्ने प्रचलन घटेका कारण अहिले खेतीपाती लगाउने समयमा गोरु खोज्दैमा कृषकहरु हैरान भएका छन्, भने खेतबारीमा रासायनिक मलको अत्यधिक प्रयोग हुन थालेको छ। 

प्रायः सबै स्थानीयवासीले धेरथोर खेतीपाती गर्दछन् तर गोरु गाउँभरिमा पाँच÷सात हल मात्र हुँदा गोरु खोज्दै र पालो कुर्दैमा समयमा खेतीपाती गर्न समस्या भएको छ। खेतीपाती गर्ने एक याममा एक हल गोरुले चार गाउँ धानेका छन्। सिस्ने गाउँपालिका—६ का तिलक रेउले भास्करले यस वर्ष अर्कैको गोरु भाडामा लिएर खेती लगाएका छन्। गोरुको एक हजार रुपैयाँ र हलीको एक हजार रुपैयाँ तिरेर उनले गहुँ लगाएका छन्। 

उनी मात्र होइन, यसरी गोरु खोज्दै भाडामा लिएर खेती लगाउनेहरु थुप्रै छन्। सबैले गोरु पाल्न छोडेपछि पछिल्लो समय गोरुहरु पनि भनेको बेलामा नपाइने उनको भनाइ छ। यस्तै सिस्ने गाउँपालिका—५ रुमालबाराका आइते कामीका एक हल गोरु छन्। उनका गोरुले रुमालबारासहित टाकुरा, बाहुनठाना, बाहुनडेरालगायतका ठाउँमा खेतीपाती लगाउने गरेका छन्। जिल्लामा कृषिका लागि अझै पनि आधुनिक प्रविधि भित्रिनसकेकाले किसानहरु परम्परागत रुपमा खेतीपाती गर्न बाध्य छन्।

प्रकाशित मिति: १८:१९ बजे, शुक्रबार, कात्तिक २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्