Kathmandu Press

प्रचण्डले बोलाए नेकपा सचिवालय बैठक

काठमाडौं, कात्तिक २१ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्डले सचिवालय बैठक बोलाएका छन्। बैठक आज दिउँसो ३...
प्रचण्डले बोलाए नेकपा सचिवालय बैठक

काठमाडौं, कात्तिक २१ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्डले सचिवालय बैठक बोलाएका छन्। बैठक आज दिउँसो ३ बजेको लागि बोलाइएको हो।

नेकपाका दुई अध्यक्षसहित शीर्ष नेताहरुबीच आपसी विवाद तिब्र भइरहेका बेला पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बस्न लागेको हो।

बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबै नेता सहभागी हुने स्रोतले बतायो।

प्रकाशित मिति: १७:५४ बजे, शुक्रबार, कात्तिक २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्