नेपालगन्जमा कोरोना संक्रमणबाट बृद्धको मृत्यु
नेपालगन्ज, कात्तिक २१ : कोरोना भाइरसको संक्रमणबाट नेपालगन्जस्थित भेरी अस्पतालमा एक जना बृद्धको मृत्यु भएको छ।दाङको लमही नगरपालिका–१० का ६४ वर्षीय बृद्धको गएराति...
नेपालगन्ज, कात्तिक २१ : कोरोना भाइरसको संक्रमणबाट नेपालगन्जस्थित भेरी अस्पतालमा एक जना बृद्धको मृत्यु भएको छ।
दाङको लमही नगरपालिका–१० का ६४ वर्षीय बृद्धको गएराति मृत्यु भएको छ। उनको गएराति ९ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए।
कोरोना संक्रमण भएपछि उनलाई कात्तिक १४ गते दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि कात्तिक १९ मा भेरी अस्पतालमा ल्याइएको थियो।
प्रकाशित मिति: १७:५१ बजे, शुक्रबार, कात्तिक २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











