Kathmandu Press

विराटनगरमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु

विराटनगर, कात्तिक २१ : कोरोना भाइरसको संक्रमणबाट विराटनगरमा दुई जनाको मृत्यु भएको छ।आज बिहान धनकुटाकी ३२ वर्षीया युवती र विराटनगरकी ५१ वर्षीया महिलाको...
विराटनगरमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु

विराटनगर, कात्तिक २१ : कोरोना भाइरसको संक्रमणबाट विराटनगरमा दुई जनाको मृत्यु भएको छ।

आज बिहान धनकुटाकी ३२ वर्षीया युवती र विराटनगरकी ५१ वर्षीया महिलाको मृत्यु भएको हो। उनीहरुको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

धनकुटा–४ की युवतीको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा आज बिहान ८ः१५ बजेतिर मृत्यु भएको केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले बताए। उनलाई कात्तिक २० गते कोरोना संक्रमण पुष्टि भएको थियो।

कोरोना संक्रमण पुष्टि भएपछि उनलाई बिहीबार नै अस्पताल भर्ना गरिएको थियो। उनलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो।

त्यस्तै, विराटनगर महानगरपालिका–७ की ५१ वर्षीया महिलाको उपचारका क्रममा न्युरो अस्पतालमा मृत्यु भएको हो। उनको आज बिहान ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

उनलाई कात्तिक १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना देखिएपछि त्यहि दिन अस्पताल भर्ना गरिएको थियो। उनलाई श्वासप्रश्वास र उच्च रक्तचापसम्बन्धी समस्या रहेको अस्पतालले जनाएको छ।

 

प्रकाशित मिति: १७:१९ बजे, शुक्रबार, कात्तिक २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्