Kathmandu Press

कोरोना संक्रमित कलाकार मनोज गजुरेल आईसीयूमा

काठमाडौं, कात्तिक २१ : कोरोना भाइरसको संक्रमण देखिएका कलाकार मनोज गजुरेलको अवस्था गम्भीर बनेको छ। उनलाई आईसीयूमा भर्ना गरिएको छ।कलाकार गजुरेललाई कात्तिक १०...
कोरोना संक्रमित कलाकार मनोज गजुरेल आईसीयूमा

काठमाडौं, कात्तिक २१ : कोरोना भाइरसको संक्रमण देखिएका कलाकार मनोज गजुरेलको अवस्था गम्भीर बनेको छ। उनलाई आईसीयूमा भर्ना गरिएको छ।

कलाकार गजुरेललाई कात्तिक १० गते संक्रमण पुष्टि भएको थियो। उनी होम आइसोलेनिमा बस्दै आएका थिए।

उनको स्वास्थ्यमा समस्या देखिएपछि कात्तिक १९ गते बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल भर्ना गरिएको छ। उनलाई आईसीयूमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ।

परिवारजनका अनुसार उनलाई निमोनिया देखिएको छ। जसले गर्दा उनको अवस्था गम्भीर बनेको जनाएको छ।

उनले कात्तिक १८ गते फेसबुकमा स्टाटस् लेख्दै आफू पूर्ण रुपमा निको नभएको जनाएका थिए। उनले स्वास्थ्यमा समस्या आइरहेको उल्लेख गरेका थिए।

उनले आफूलाई कोरोना भएको पनि फेसबुकबाटै सार्वजनिक गरेका थिए। बिरामी दाइलाई उपचारका लागि अस्पताल ल्याउन लैजान क्रममा संक्रमण भएको हुनसक्ने उनले आशंका गरेका थिए।

 

प्रकाशित मिति: १६:२७ बजे, शुक्रबार, कात्तिक २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्