कोरोना नेगेटिभ आएका पत्रकार बर्माको उपचारका क्रममा निधन
काठमाडौं, कात्तिक २१ : कोरोना भाइरसको संक्रमणबाट निको भएपनि अन्य रोगको उपचार गरिरहेका धादिङका सीतारामप्रसाद बर्माकाे निधन भएकाे छ।राजधानीमा उपचाररत ७९ वर्षीय बर्माको...
काठमाडौं, कात्तिक २१ : कोरोना भाइरसको संक्रमणबाट निको भएपनि अन्य रोगको उपचार गरिरहेका धादिङका पत्रकार सीतारामप्रसाद बर्माकाे निधन भएकाे छ।
राजधानीमा उपचाररत ७९ वर्षीय बर्माको आज बिहान मृत्यु भएको हो। उनको ललितपुरस्थित किष्ट मेडिकल कलेजमा आज बिहान मृत्यु भएको जनाएको छ।
कोरोना संक्रमण भएपछि केही दिन अघि उनलाई उपचारका लागि किस्ट मेडिकल कलेजमा भर्ना गरिएको थियो। उनको कोरोना रिपोर्ट नेगेटिभ आएको जनाएको छ।
तर, उच्च रक्तचापबाट पीडित उनलाई निमोनिया देखिएको थियो। त्यसकै उपचारका क्रममा आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ।
नेपाल पत्रकार महासंघ धादिङका संस्थापक सभापति बर्माले नेपाल पत्रकार महासंघबाट प्रेस स्वतन्त्रता सेनानी सम्मान पाएका थिए। उनी लामो समयदेखि पत्रकारितामा क्रियाशिल थिए।
उनका श्रीमती, एक छोरा र तीन छोरी छन्। उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ।











