कोरोना संक्रमणबाट कैलालीमा वडाध्यक्षको मृत्यु
धनगढी, कात्तिक २१ : कोरोना भाइरसको संक्रमणबाट कैलालीमा एक जना वडाध्यक्षको आज बिहान मृत्यु भएको छ।कैलालीको गौरीगंगा नगरपालिका३ का वडाध्यक्ष ६३ वर्षीय नरेन्द्रबहादुर...
धनगढी, कात्तिक २१ : कोरोना भाइरसको संक्रमणबाट कैलालीमा एक जना वडाध्यक्षको आज बिहान मृत्यु भएको छ।
कैलालीको गौरीगंगा नगरपालिका३ का वडाध्यक्ष ६३ वर्षीय नरेन्द्रबहादुर शाहको कोरोना संक्रमणबाट मृत्यु भएको हो। उनी नगरपालिकाका प्रवक्ता समेत रहेका थिए।
उनलाई दुई साता अघि कोरोना संक्रमण भएको थियो। केही दिन होम आइसोलेसनमा बसेका उनी स्वास्थ्यमा समसया भएपछि कात्तिक ११ गते सेती प्रादेशकि अस्पताल भर्ना भएका थिए।
उनको उपचारका क्रममा आज बिहान ६ः२५ बजे मृत्यु भएको उपमेयर अन्चला चौधरीले बताइन्। उनलाई कुनै दिर्गरोग नभएको जनाएको छ।
प्रकाशित मिति: १५:४० बजे, शुक्रबार, कात्तिक २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











