दोस्रो लहरको संक्रमण बढेसंगै इटालीमा पुन लकडाउन
काठमाडौं, कात्तिक २१ : दोस्रो लहरको संक्रमण बढेसंगै इटालीमा पुन लकडाउन भएको छ । इटालीका विभिन्न क्षेत्रलाई तीन भागमा बिभाजन गरी सरकारले (आज)...
काठमाडौं, कात्तिक २१ : दोस्रो लहरको संक्रमण बढेसंगै इटालीमा पुन लकडाउन भएको छ । इटालीका विभिन्न क्षेत्रलाई तीन भागमा बिभाजन गरी सरकारले (आज) शुक्रबारदेखि दुई हप्तासम्म लकडाउन गरिएको हो ।
इटालीका चार क्षेत्रहरु लोम्बार्डिया, पिओमोन्ते, कालाबृया र भाले डि ओस्टालाई रेड जोन घोषणा गरिसकिएको छ । यी क्षेत्रहरु कोराना भाइरसको संक्रमण धेरै छ । कोरोनाको दोस्रो लहर रोक्न र अस्पतालमा कोरोनाले बढेको चाप कम गर्न लकडाउन गरिएको इटालीका प्रधानमन्त्री जुजेप्पे कन्तेले बताएका छन् ।
यसअघि इटालीमा पहिलोपटक गत मार्च महिना लकडाउन गरिएको थियो । लकडाउनको रेड जोन घोषणा गरिएका प्रदेशहरूबाट मानिसहरुलाई आउजाउ गर्न रोक लगाइएको छ । स्वास्थ्यसहितका अत्यावश्यक काममा भने सेल्फ प्रमाणीकरणको सर्टिफिकेटसहित बाहिर निस्कन दिइने जनाइएको छ ।
यो समाचार तयार पार्दासम्म इटालीमा कोरोनाका कारण ४० हजार १९२ जनाको मृत्यु भएको छ । संक्रमित संख्या ८ लाख २४ हजार ८७९ छ । पछिल्लो २४ घण्टामा मात्रै त्यहाँ ३४ हजार संक्रमित थपिएका छन् ।












