Kathmandu Press

अमेरिका निर्वाचनः संयमित हुन बाइडनको आग्रह, वैध मत मात्र गणना गर्नुपर्ने ट्रम्पको दाबी 

काठमाडौं, कात्तिक २१ : अमेरिकामा मतगणना जारी रहँदा राष्ट्रपति डोनल्ड ट्रम्प र उनका प्रतिद्वन्द्वी जो बाइडनले सञ्चारमाध्यमलाई छुट्टाछुट्टै सम्बोधन गरेका छन्। बाइडनले सम्बोधन...
अमेरिका निर्वाचनः संयमित हुन बाइडनको आग्रह, वैध मत मात्र गणना गर्नुपर्ने ट्रम्पको दाबी 

काठमाडौं, कात्तिक २१ : अमेरिकामा मतगणना जारी रहँदा राष्ट्रपति डोनल्ड ट्रम्प र उनका प्रतिद्वन्द्वी जो बाइडनले सञ्चारमाध्यमलाई छुट्टाछुट्टै सम्बोधन गरेका छन्। बाइडनले सम्बोधन गर्दै अमेरिकी जनतालाई धैर्य राख्न अपील गर्दै संयमित हुन आह्वान गरेका छन् ।

सम्पूर्ण मत परिणाम आउने समयसम्म प्रतीक्षा गर्न आह्वान गर्दै बाइडनले प्रजातान्त्रिक प्रक्रियाको सम्मान गर्न पनि सबैसँग आग्रह गरेका हुन् ।  लोकतन्त्रमा कहिलेकाहीँ अस्तव्यस्तता देखिन्छू, उनले भने, तर प्रक्रियाले काम गरिरहेको छ।

Hardik ivf

आफूले प्रतिष्पर्धी रिपब्लिकन उम्मेदवार वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पलाई हराउनेमा कुनै दुबिधा नरहेको भन्दै उनले जुन भोटले मुलुकको राष्ट्रपति चुनिन्छ त्यस्तो महत्वपूर्ण एकरएक मत गणना गरिनुपर्नेमा प्रष्ट पारे । 

ह्वाइट हाउसमा सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले विना कुनै प्रमाण चुनावमा धाँधली गरिएको आरोप पुन लगाएका छन् । मतदान सकिएपछि पत्रकार सम्मेलनमार्फत्‌ पहिलो पटक उनले धारणा सार्वजनिक गरेका हुन्। ट्रम्पले भने, यदि तपाईँ वैध मतहरू मात्रै गणना गर्नुहुन्छ भने मैले सजिलै जित्छु।

हुलाकमार्फत्‌ गरिएको मतदान एकतर्फी भएको दाबी पनि उनले गरेका छन्। यसअघि ट्रम्पको चुनावी प्रचार अभियान समूहका एक अधिकारीले सीबीएस टेलिभिजनसँग कुरा गर्दै बाइडनले विजयी भएको घोषणा गर्दैमा राष्ट्रपति ट्रम्पले त्यसलाई नस्वीकार्ने बताएका थिए।

प्रकाशित मिति: १२:५५ बजे, शुक्रबार, कात्तिक २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्