Kathmandu Press

अमेरिकामा दैनिक कोरोना संक्रमण वृद्धिमा कीर्तिमान

काठमाडौं, कात्तिक २१ : अमेरिका राष्ट्रपतीय पदको चुनावी सरगर्मीमा चलिरहँदा कोरोना भाइरसको संक्रमण भने बढ्दो छ । राष्ट्रपतीय चुनावको मतपरिणाम सबैको ध्यान केन्द्रित...
अमेरिकामा दैनिक कोरोना संक्रमण वृद्धिमा कीर्तिमान

काठमाडौं, कात्तिक २१ : अमेरिका राष्ट्रपतीय पदको चुनावी सरगर्मीमा चलिरहँदा कोरोना भाइरसको संक्रमण भने बढ्दो छ । राष्ट्रपतीय चुनावको मतपरिणाम सबैको ध्यान केन्द्रित भइरहँदा त्यहाँ दैनिक संक्रमण वृद्धिमा नयाँ कीर्तिमान कायम हुँदै गएको गएको हो ।

अमेरिकामा दुई दिनयता लगायतार एक लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । बिहीबार एकैदिन १ लाख १ हजार ७७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको अमेरिकामा शुक्रबार पनि एक लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ लाख १५ हजार ८९३ जनामा संक्रमण भएको छ । नयाँ संक्रमित थपिएसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ९९ लाख १३ हजार २१५ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ६३ लाख ३५ हजार १४२ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ३३ लाख ३७ हजार १६३ जनामध्ये १८ हजार ७४ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ४० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ८१ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ४० हजार ९१० पुगेको छ ।

प्रकाशित मिति: १२:४५ बजे, शुक्रबार, कात्तिक २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्