कांग्रेस केन्द्रीय समिति सर्यो, कात्तिक २४ गते बस्ने
काठमाडौं, कात्तिक २१ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २४ गते दिउँसो १ बजे बस्ने भएको छ ।यसअघि आजका लागि निर्धारण...
काठमाडौं, कात्तिक २१ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही कात्तिक २४ गते दिउँसो १ बजे बस्ने भएको छ ।
यसअघि आजका लागि निर्धारण गरिएको सो बैठक पार्टीको पदाधिकारी बैठक लम्बिएपछि आगामी सोमबारका लागि तोकिएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
पार्टीका पदाधिकारी, पूर्व पदाधिकारी र केही केन्द्रीय सदस्यको बिहिबार भएको बैठकमा सहभागीहरुले बोल्ने क्रम जारी रहेकाले सो बैठक शुक्रबार पनि पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा १२ः ३० बस्ने पार्टी कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: १२:४० बजे, शुक्रबार, कात्तिक २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











