Kathmandu Press

आईपीएलको फाइनलमा मुम्बई इण्डियन्स

काठमाडौं, कात्तिक २१ : मुम्बई इण्डियन्स यूएईमा जारी १३ औं संस्करणको इन्डियन आईपीएल टी ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।दुबईमा बिहीबार राति भएको...
आईपीएलको फाइनलमा मुम्बई इण्डियन्स

काठमाडौं, कात्तिक २१ : मुम्बई इण्डियन्स यूएईमा जारी १३ औं संस्करणको इन्डियन आईपीएल टी ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

दुबईमा बिहीबार राति भएको पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई फाइनलमा प्रवेश गरेको हो । यस्तै अक्षर पटेलले ४२ रन जोड्दा कप्तान श्रेयस एयरले १२ रन जोडे । कागिसो राबडा १५ रनमा अविजित रहे । दिल्लीलाई सस्तैमा समेट्न मुम्बईका जस्प्रित बुम्राहले ४ विकेट लिए ।

ट्रेन्ड बोल्टले २ तथा कुर्नाल पाण्डय र केइरन पोलार्डले १र१ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २ सय रन बनाएको थियो । मुम्बईका लागि इशान किसन र सूर्यकुमार यादवले अर्धशतकीय इनिङ्स खेले । किसनले अविजित रहदै ५५ रन जोड यादवले ५१ रन बनाए ।

जितसँगै मुम्बईले यस सिजन लगातार तेस्रो खेलमा दिल्लीलाई पराजित गरेको छ । लिग चरणको दुई खेलमा पनि मुम्बईले दिल्लीलाई हराएको थियो । साविक विजेतासमेत रहेको मुम्बईले अब उपाधिका लागि दोस्रो क्वालिफायरको विजेतासँग खेल्नेछ । दिल्लीलाई समेत फाइनल पुग्ने अझै अवसर रहेको छ ।

तर, फाइनल पुग्नको लागि दिल्लीले दोस्रो क्वालिफायरमा जित निकाल्नु पर्नेछ । अब दिल्लीले दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेतासँग खेल्नेछ । इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदराबाद भिड्ने छन् । बैंगलोर र हैदराबादबीचको खेल आज हुनेछ ।
 

प्रकाशित मिति: १२:३२ बजे, शुक्रबार, कात्तिक २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्