Kathmandu Press

कांग्रेसबाट केसीको ठाउँमा मोहन पाण्डे सांसद बन्ने

काठमाडौं, कात्तिक २० : नेपाली कांग्रेसबाट स्याङ्जाका मोहनप्रसाद पाण्डे प्रतिनिधिसभा सदस्य बन्ने भएका छन्। प्रतिनिधिसभा सदस्य बनेका सूर्यबहादुर केसीको निधन भएपछि रिक्त रहेको पदमा...
कांग्रेसबाट केसीको ठाउँमा मोहन पाण्डे सांसद बन्ने

काठमाडौं, कात्तिक २० : नेपाली कांग्रेसबाट स्याङ्जाका मोहनप्रसाद पाण्डे प्रतिनिधिसभा सदस्य बन्ने भएका छन्। 

प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधन भएपछि रिक्त पदमा पाण्डे संघीय सांसद बन्ने भएका हुन्।

समानुपातिकतर्फको खसआर्य क्लस्टरबाट सांसद भएका केसीको सोमबार राति निधन भएको थियो। निर्वाचन आयोगमा बुझाएको खसआर्यतर्फको समानुपातिक बन्दसूचीमा केसीपछि पाण्डेको नाम छ।

बन्दसूचीमा केसीपछि नाम रहेका पाण्डेलाई सांसद बनाइने कांग्रेस केन्द्रीय कार्यालय सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। यसअघि पाण्डे २०६४ को संविधानसभा निर्वाचनमा स्याङ्जा–३ बाट निर्वाचित भएका थिए।
 

प्रकाशित मिति: ०१:०८ बजे, शुक्रबार, कात्तिक २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्