सर्वोच्चको अल्पकालीन आदेश- कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम तत्काल लागू नगर्नू
काठमाडौं, कात्तिक २० : सर्वोच्च अदालतले कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम तत्काल लागू नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ।बिहीबार न्यायाधीश पुरुषोत्तम...
काठमाडौं, कात्तिक २० : सर्वोच्च अदालतले कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम तत्काल लागू नगर्न अल्पकालीन आदेश दिएको छ।
बिहीबार न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम तत्काल लागू नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो। सर्वोच्चले अन्तरिम आदेशका लागि दुवै पक्षलाई कात्तिक २६ गते छलफलमा बोलाएको छ।
भागवता अर्याललगायतले नयाँ पाठ्यक्रम लागु गर्न नहुने भन्दै पाठ्यक्रम विकास केन्द्र, पोखरा विश्वविद्यालय, मध्यपश्चिम, सुदूरपश्चिम, पूर्वाञ्चल, काठमाडौं र कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका थिए।
यस्तै, सर्वोच्चले नयाँ पाठ्यक्रम लागू गर्नुको कारण १५ दिनभित्र लिखित जवाफ पेश गर्न विपक्षीलाई निर्देशन दिएको छ।
प्रकाशित मिति: २३:५५ बजे, बिहीबार, कात्तिक २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











