Kathmandu Press

फेरि सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं, कात्तिक २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सरेको छ। शुक्रबारका लागि बोलाइएको कांग्रेस केन्द्रीय समितिको बैठक कासत्तक २४ गते...
फेरि सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक
कांग्रेस पार्टी कार्यालय।

काठमाडौं, कात्तिक २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सरेको छ। 

शुक्रबारका लागि बोलाइएको कांग्रेस केन्द्रीय समितिको बैठक कात्तिक २४ गते दिउँसो एक बजे बस्ने तय भएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

‘कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७७ कात्तिक २१ गते शुक्रबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी तोकिएकोमा उक्त बैठक २०७७ कात्तिक २४ गते सोमबार दिनको १ बजे बस्ने भएको छ,’ पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ। 

बैठकमा उपस्थित हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई निर्देशन समेत दिइएको छ।
 

प्रकाशित मिति: २३:३१ बजे, बिहीबार, कात्तिक २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्