Kathmandu Press

कर्णालीमा १५ सयले गरे सशुल्क कोरोना परीक्षण

कर्णालीमा १५ सयले गरे सशुल्क कोरोना परीक्षण

कर्णाली, कात्तिक २० : कर्णाली प्रदेश सरकारले कोरोना संक्रमितको परीक्षण निःशुल्क गर्ने निर्णय गरेपनि यहाँ शुल्क तिरेर परीक्षण गर्ने गरेको पाइएको छ। प्रदेशका विभिन्न प्रयोगशालामा सरकारले तोकेको न्यूनतम शुल्क दुई हजार रुपैयाँ तिरेर एक हजार ५३२ जनाले पीसीआर परीक्षण गरेको पाइएको हो। 

प्रदेश अस्पताल सुर्खेतमा एक हजार ४०६, दैलेख अस्पतालमा ८८ र रुकुम पश्चिमको चौरजहारी अस्पतालमा ३८ जनाले सशुल्क पीसीआर परीक्षण गराएका छन्। सशुल्क परीक्षण गरेपनि अस्पतालहरुले उपचार खर्चमा भने कुनै शुल्क लिएका छैनन्। प्रदेश अस्पतालका कोरोना स्रोत व्यक्ति डा नवराज केसीले लक्षण देखिएका र कन्ट्याक्ट टे«सिङमा परेकाहरुको निःशुल्क परीक्षण गरिरहेको बताए। लक्षण नदेखिएका एवं परीक्षण गरेर आफै ढुक्क हुन चाहनेहरुले शुल्क तिर्ने गरेको उनको भनाइ छ। 

कर्णालीमा प्रदेश अस्पताल÷पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख अस्पताल, चौरजहारी सामुदायिक अस्पताल र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पीसीआर परीक्षण हुँदै आएको छ।

प्रकाशित मिति: २२:३४ बजे, बिहीबार, कात्तिक २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्