थप ३०५१ जनामा कोरोना संक्रमण, ३४३० जना संक्रमणमुक्त
नेपालमा थप ३०५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
काठमाडौं, कात्तिक २० : नेपालमा थप ३०५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसँगै कोरोना संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ भने अहिलेसम्म १ लाख ४८ हजार ३०८ जना संक्रमणमुक्त भएका छन्।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १०५२ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबारमात्रै ३४३० जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।
प्रकाशित मिति: २२:१९ बजे, बिहीबार, कात्तिक २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











