Kathmandu Press

राष्ट्रिय फुटबल टोली बंगलादेश प्रस्थान

काठमाडौं, कात्तिक २० : बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज ढाका प्रस्थान गरेको छ। खेलाडीसहित ३४ सदस्यीय नेपाली टोली बंगलादेश...
राष्ट्रिय फुटबल टोली बंगलादेश प्रस्थान

काठमाडौं, कात्तिक २० : बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज ढाका प्रस्थान गरेको छ। खेलाडीसहित ३४ सदस्यीय नेपाली टोली बंगलादेश प्रस्थान गरेको हो। अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली टोलीको बुधबार नै बिदाइ गरेको थियो।

ढाका जाने टोलीमा आठ नयाँ खेलाडी छन्। टोलीका केही महत्वपूर्ण खेलाडी भने कोरोना संक्रमण देखिएपछि बंगलादेश गएका छैनन्। चोटका कारण नियमित खेलाडी रोहित चन्द पनि ढाका जान सकेनन्। नेपालले कात्तिक २८ र मङ्सिर २ गते बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्नेछ। नेपालले बालगोपाल महर्जनको प्रशिक्षणमा बंगलादेशसँग खेल्नेछ। फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो। नेपालले साफ च्याम्पियनसिपपछि बङ्गलादेशसँग खेलेको छैन। विसं २०७५ को भदौमा ढाकामा भएको साफको समूह चरणमा नेपालले बंगलादेशलाई हराएको थियो।

नेपाली टोलीमा अजित भण्डारी, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, भरत खवास, विकास खवास, विक्रम लामा, विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दीप कार्की, दिलेन लोक्तन, जर्ज प्रिन्स कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रञ्जित धिमाल, रवी पासवान, सरोज दाहाल, सेसेहाङ आङ्देम्बे, सुवास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ र छिरिङ गुरुङ रहेका छन्। टोलीको सहायक प्रशिक्षकमा किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षकमा विकास मल्ल रहेका छन्। फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो।   

प्रकाशित मिति: २०:२४ बजे, बिहीबार, कात्तिक २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्