कोरोना संक्रमित सुदूरपश्चिमका कानुनमन्त्री अस्पताल भर्ना
धनगढी, कात्तिक २० : कोरोना भाइरसको संक्रमण भएका सुदूरपश्चिमका प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाह अस्पताल भर्ना भएका छन्।मन्त्री शाहलाई कात्तिक १५...
धनगढी, कात्तिक २० : कोरोना भाइरसको संक्रमण भएका सुदूरपश्चिमका प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाह अस्पताल भर्ना भएका छन्।
मन्त्री शाहलाई कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनी होम आइसोलेसनमा बस्दै आएका थिए।
तर, आज एकाएक स्वास्थ्यमा समस्या आएको जनाएको छ। उनलाई आज बिहान धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ।
उनको नाकबाट रगत बगेको जनाएको छ। अस्पताल स्रोतका अनुसार उपचार सुरु गरेपछि रगत बग्न रोकिएको छ।
प्रकाशित मिति: २०:१३ बजे, बिहीबार, कात्तिक २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











