वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत तीन कोरोना संक्रमितको मृत्यु
काठमाडौं, कात्तिक २० : धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत तीन कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालमा उपचाररत एक महिला र दुई...
काठमाडौं, कात्तिक २० : धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत तीन कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालमा उपचाररत एक महिला र दुई पुरुषको मृत्यु भएको हो।
मृत्यु हुनेका मोरङका ५९ वर्षीय एक पुरुष रहेका छन्। कात्तिक ९ गते कोरोना संक्रमण पुष्टि भएको उनमा उच्च रक्तचाप र मुटु रोग रहेको अस्पतालले जनाएको छ।
त्यस्तै, राजविराज– १ सप्तरीकी २३ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। कात्तिक १८ गते कोरोना संक्रमण पुष्टि भएको उनमा रक्तअल्पतालगायतको समस्या रहेको थियो।
त्यसैगरी राजविराज– ८ सप्तरीका अर्का एक पुरुषको पनि कोरोना संक्रमणको कारण मृत्यु भएको छ। ६५ वर्षीय पुरुषमा कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
मृतक तीनैजनाको शव नियमअनुसार व्यवस्थापन गरिने अस्पतालले जनाएको छ।
प्रकाशित मिति: १८:३० बजे, बिहीबार, कात्तिक २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











