Kathmandu Press

भेन्टिलेटरमा राख्न पैसा नहुँदा काठमाडौंबाट फर्काइएका कोरोना संक्रमितको सिन्धुलीमा मृत्यु

धनगढी, कात्तिक २० : कोरोना भाइरसको संक्रमणबाट कैलालीको धनगढीमा एक जना बृद्धको मृत्यु भएको छ।सेती प्रादेशिक अस्पतालको भेन्टिलेटरमा उपचाररत धनगढी उप–महानगरपालिका ५ का...
भेन्टिलेटरमा राख्न पैसा नहुँदा काठमाडौंबाट फर्काइएका कोरोना संक्रमितको सिन्धुलीमा मृत्यु

सिन्धुली, कात्तिक २० : भेन्टिलेटरमा राखेर उपचार गर्न पैसा नभएपछि काठमाडौंबाट फर्काइएका एक कोरोना संक्रमितको सिन्धुलीमा मृत्यु भएको छ।

आज बिहान सिन्धुलीको कमलामाई नगरपालिका ५ जरायोटारका ४८ वर्षीय पुरुषको सिन्धुली अस्पतालमा मृत्यु भएको छ। उनिको उपचारका क्रममा बिहान ३ बजे मृत्यु भएको अस्पतालका अध्यक्ष प्रलाद पोखरेलले बताए।

उनलाई कोरोना संक्रमण देखिएपछि काठमाडौं लगिएको थियो। भेन्टिलेटरमा राख्नुपर्ने भएपछि एकसाता अघि काठमाडौं लगिएको अध्यक्ष पोखरेलले बताए।

तर, काठमाडौंका सरकारी अस्पतालमा भेन्टिलेटर पाइएन्। त्यसपछि केएमसी अस्पताल भर्ना गरिएको थियो। तर, आर्थिक अभावले भेन्टिलेटरमा राखेर उपचार गर्न नसकेपछि कात्तिक १९ गते सिन्धुली फर्काइएको थियो। भेन्टिलेटरको दैनिक ४० हजार रुपैयाँ तिर्न उनको परिवारले सकेका थिएनन्।

राति १० बजे सिन्धुली पुगेका उनलाई सिन्धुली असपतालमा भर्ना गरिएको थियो। उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको अध्यक्ष पोखरेलले बताए।

योसँगै सिन्धुलीमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ। यसअघि कात्तिक १६ गते सिन्धुलीको कमलामाई नगरपालिका ६ पानीटंकीकी ८४ वर्षीया वृद्धाको मृत्यु भएको थियो।  

 

प्रकाशित मिति: १७:३५ बजे, बिहीबार, कात्तिक २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्