गण्डकी प्रदेशमा थपिए १०५ जना कोरोना संक्रमित
काठमाडौं, कात्तिक २० : बिहीबार गण्डकी प्रदेशमा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसनर संक्रमितमध्ये पोखराका ४८ र...
काठमाडौं, कात्तिक २० : बिहीबार गण्डकी प्रदेशमा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसनर संक्रमितमध्ये पोखराका ४८ र नवलपुरका ४७ जना रहेका छन्।
त्यस्तै, बाग्लुङको एकजना, पर्वतको २ जना र स्याङ्जाका २ जना रहेका छन्।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या आठ हजार ३६९ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ।
प्रकाशित मिति: १७:२८ बजे, बिहीबार, कात्तिक २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











