Kathmandu Press

कोरोनाबाट सप्तरीकी २३ वर्षीया युवतीको मृत्यु

सप्तरी, कात्तिक २० : कोरोना भाइरसको संक्रमणबाट सप्तरीमा २३ वर्षीया युवतीको मृत्यु भएको छ।सप्तरीको बिष्णपुर गाउँपालिकाको सिम्राहा गाउँकी २३ युवतीको आज बिहान धरानस्थित...
कोरोनाबाट सप्तरीकी २३ वर्षीया युवतीको मृत्यु

सप्तरी, कात्तिक २० : कोरोना भाइरसको संक्रमणबाट सप्तरीमा २३ वर्षीया युवतीको मृत्यु भएको छ।

सप्तरीको बिष्णपुर गाउँपालिकाको सिम्राहा गाउँकी २३ युवतीको आज बिहान धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो। उनको उपचारका क्रममा मृत्यु भएको परिवारजनले बताएका छन्।

स्वास्थ्यमा समस्या भएपछि उनलाई कात्तिक १५ गते उपचारका लागि प्रतिष्ठानमा भर्ना गरिएको थियो। उपचारका क्रममा उनको स्वाब परीक्षण गर्दा कात्तिक १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

उनको पिसाबमा समस्या रहेको थियो। १५ दिनअघि विराटनगरमा उपचार पश्चात निको भएर घर फर्किएकी थिइन्।

एकाएक कात्तिक १५ गते बान्ता भएपछि प्रतिष्ठान लगिएको थियो। उनको उपचारका क्रममै आज बिहान मृत्यु भएको जनाएको छ। उनकी दुई वर्षीया छोरी र श्रीमान छन्।

योसँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ।

 

प्रकाशित मिति: १६:१४ बजे, बिहीबार, कात्तिक २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्