चितवनमा कोरोना संक्रमणबाट ८२ वर्षीय बृद्धको मृत्यु
भरतपुर, कात्तिक २० : कोरोना भाइरसको संक्रमणबाट चितवनको भरतपुर अस्पतालमा एक जना बृद्धको मृत्यु भएको छ।अस्पतालका अनुसार आज बिहान मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ का...
भरतपुर, कात्तिक २० : कोरोना भाइरसको संक्रमणबाट चितवनको भरतपुर अस्पतालमा एक जना बृद्धको मृत्यु भएको छ।
अस्पतालका अनुसार आज बिहान मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ का ८२ वर्षीय बृद्धको मृत्यु भएको हो। उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए।
उनलाई कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो। होम आइसोलेसनमा बस्दै आएका उनको स्वास्थ्यमा समस्या आएपछि कात्तिक १९ गते अस्पताल भर्ना भएका थिए। उनलाई ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएको थियो।
उनको स्वास्थ्य अवस्था जटिल बनेपछि आईसीयूमा राखेर उपचार थालिएको भइरहेको थियो। आज बिहान आईसीयूमै उपचाररत रहेको वेला मृत्यु भएको सूचना अधिकारी पौडेलले बताए।
प्रकाशित मिति: १५:४३ बजे, बिहीबार, कात्तिक २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











