भारतीय सेना प्रमुखलाई आज नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिने
काठमाडौं, कात्तिक २० : नेपाल भ्रमणमा रहेका भारतीय सेनाका प्रमुख मनोजमुकुन्द नरवणेलाई आज नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिने भएको छ ।राष्ट्रपति...
काठमाडौं, कात्तिक २० : नेपाल भ्रमणमा रहेका भारतीय सेनाका प्रमुख मनोजमुकुन्द नरवणेलाई आज नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले जनरल नरवणेलाई आज सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ । नेपाली सेना र भारतीय सेनाबीच एक अर्काका देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा छ ।
नरवणेले भोलि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्ने कार्यक्रम रहेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपालको तीन दिने भ्रमणका लागि उनी नेपाल आएका हुन् ।
प्रकाशित मिति: १३:५६ बजे, बिहीबार, कात्तिक २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











