Kathmandu Press

मेस्सीको गोलमा बार्सिलोनाको  जित

काठमाडौं, कात्तिक २० : च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले लगातार तेस्रो जित हात पारेको छ ।समूह जी अन्तर्गत बुधबार राति भएको खेलमा...
मेस्सीको गोलमा बार्सिलोनाको  जित

काठमाडौं, कात्तिक २० : च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले लगातार तेस्रो जित हात पारेको छ ।

समूह जी अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलोनाले डिनामो किएभलाई २–१ ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलको पाँचौँ मिनेटमा पाएको पेनाल्टीमा लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए ।

६५औँ मिनेटमा जेरार्ड पिकेले गोल गरि बार्सिलोनाको अग्रता दोब्बर पारे। ७५औँ मिनेटमा डिनामो किएभका लागि सिगान्कोभले एक गोल फर्काएपछि खेल २-१ मा सकियो ।

जितसँगै बार्सिलोना ९ अंकसहित समूहको शीर्ष स्थानमा छ ।

प्रकाशित मिति: १३:२२ बजे, बिहीबार, कात्तिक २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्