Kathmandu Press

कालीगण्डकी करिडोरको पहिरोमा पुरिएर पाँच कामदारको मृत्यु

काठमाडौं, कात्तिक १९ : कालीगण्डकी करिडोरको नवलपुर खण्डमा पहिरामा पुरिएर पाँच जनाको मृत्यु भएको छ । कालीगण्डकी करिडोरको नवलपरासी (बर्दघाट सुस्तापूर्व) बुलिङ्टार गाउँपालिका...
कालीगण्डकी करिडोरको पहिरोमा पुरिएर पाँच कामदारको मृत्यु

काठमाडौं, कात्तिक १९ : कालीगण्डकी करिडोरको नवलपुर खण्डमा पहिरामा पुरिएर पाँच जनाको मृत्यु भएको छ । कालीगण्डकी करिडोरको नवलपरासी (बर्दघाट सुस्तापूर्व) बुलिङ्टार गाउँपालिका खण्डमा कार्यरत कामदार बुधबार साँझ पहिरामा पुरिएका थिए ।

सडकखण्डमा ग्याबिनमा ढुङ्गा भरिरहेका अवस्थामा माथिबाट खसेको सुख्खा पहिरामा पुरिएका पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रकाश मल्लले जानकारी दिए।  

मृत्यु हुनेमा सबै  बुलिङटार –४का  २० वर्षीय  गोपाल गरञ्जा, चेतबहादुर अस्लामी मगर र  ताराबहादुर लुङ्गेली तथा २८ वर्षीय तुलबहादुर सारु र ४२ वर्षीय सुनबहादुर पुलामी रहेको बताइएको छ । पहिरामा पुरिएका पाँचै जनालाई इलाका प्रहरी कार्यालय बुलिङ्टारबाट खटिएको  प्रहरी टोली  र स्थानीयवासीको सहायतामा निकालिएको थियो ।

पहिरामा परी दुई जना घाइते भएका छन् ।  एक्काइस वर्षीय कृष्ण लुङ्गेली र १९ वर्षीय केवल सिंह लुङ्गेली मगर घाइते भएका हुन् । उनीहरु पहिरोमा परेपछि अन्य कामदारले उद्धार गरेका थिए ।  उद्धार गरिएका दुवै जनाको भरतपुरमा उपचार भइरहेको प्रहरी प्रमुख मल्लले जानकारी दिए । 

प्रकाशित मिति: १२:३५ बजे, बिहीबार, कात्तिक २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्