Kathmandu Press

कांग्रेस केन्द्रीय सदस्य मन्सुरलाई कोरोना संक्रमण

कांग्रेस केन्द्रीय सदस्य मन्सुरलाई कोरोना संक्रमण

काठमाडौं, कात्तिक १९ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री फरमुल्लाह मन्सुरलाई कोरोना संक्रमण भएको छ।

नारायणी उपक्षेत्रीय अस्पतालमा कोरोना परीक्षण गरिएको परीक्षणमा केन्द्रीय सदस्य मन्सुरलाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख रामनरेश यादवले जानकारी दिए। 

ज्वरो र खोकी लागेपछि मन्सुरले कोरोना परीक्षणका लागि स्वाब दिएका थिए।   कोरोना संक्रमण पुष्टि भएपछि उनलाई  हेलिकप्टरबाट काठमाडौं ल्याएर मेडिसेन्टरमा उपचारका लागि भर्ना गरिएको छ।

यसअघि उनको उपचार वीरगञ्जस्थित एडभान्स अस्पतालमा भएको थियो।

प्रकाशित मिति: ०२:०१ बजे, बिहीबार, कात्तिक २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्