Kathmandu Press

प्रधानमन्त्री ओलीले भने- मैले छोडे देश बर्बादीतर्फ जान्छ, किन राजीनामा दिने? 

काठमाडौंं, कात्तिक १९ : प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफूले राजीनामा दिएमा देश बर्बादीतर्फ जाने बताएका छन्। त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानको महाराजगञ्जस्थित मनमोहन...
प्रधानमन्त्री ओलीले भने- मैले छोडे देश बर्बादीतर्फ जान्छ, किन राजीनामा दिने? 

काठमाडौंं, कात्तिक १९ : प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफूले राजीनामा दिएमा देश बर्बादीतर्फ जाने बताएका छन्। 

त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानको महाराजगञ्जस्थित मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन कार्यक्रममा बुधबार प्रधानमन्त्री ओलीले सञ्चारमाध्यममा हल्ला फैलिएकै भरमा आफूले राजीनामा नदिने स्पष्ट पारेका हुन्।

“तपाईँहरु विचार गर्नुहोस् के अहिले मैले राजीनामा दिन मिल्छ ? मैले मेरो लागि भनेको होइन, देशका  लागि भनेको हो। अहिले मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर लैजानु हो, त्यसकारण म राजीनामा दिनेवाला छैन, म यो ठाउँमा आएको रहरले होइन, जनताको आवश्यकताले हो,’उनले भने।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र उत्पन्न पछिल्ला विवादतर्फ संकेत गर्दै उनले भने, “म यहाँसम्म आइपुगेको जालझेलबाट होइन, व्यापक जनसमर्थनबाट हो। त्यसकारण तपाईँहरु ढुक्क भएर काममा लाग्नुहोस्। सरकार ढाल्न धेरै कोशिश भए, जेमा पनि आलोचना गर्ने प्रवृत्तिहरु छन्। त्यसबाट प्रभावित नहुनुहोस्। हामी देशको स्थिरताका लागि लड्छौँ, स्थिरता र विकासका लागि हो।”

नेकपाको गत भदौ २६ गतेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीले वर्तमान कार्यकाल पूरै अवधि सरकारको नेतृत्व गर्ने र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको कार्यकारी अध्यक्षको भूमिका निर्वाह गर्ने लगायत आन्तरिक विवाद अन्त्य गर्ने निर्णय गरेको थियो। पछिल्ला दिनमा नेकपाको कर्णाली प्रदेश कमिटीमा उत्पन्न विवाद, मन्त्रिपरिषद् हेरफेर, राजदूत नियुक्ति आदि विषयमा शीर्ष तहमा विवाद भएको छ।

प्रकाशित मिति: ०१:३२ बजे, बिहीबार, कात्तिक २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्