काठमाडौं उपत्यकामा बुधबार थपिए १८७८ जना कोरोना संक्रमित
काठमाडौं उपत्यकामा थप १८७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
काठमाडौं, कात्तिक १९ : काठमाडौं उपत्यकामा थप १८७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बुधबार गरिएको परीक्षणमा काठमाडौंमा १५७० सहित उपत्यकामा थप १८७८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
मन्त्रालयका अनुसार काठमाडौंमा १५७०, भक्तपुरका ११९ र ललितपुरमा १८९ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
यस्तै, बुधबार नेपालमा थप ३३०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रवक्ता डा. गौतमले जानकारी दिए।
योसँगै कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९२३ पुगेको छ भने अहिलेसम्म १ लाख ४४ हजार ९७८ जना संक्रमणमुक्त भएका छन्।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३० जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १०३४ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार बुधबारमात्रै ३८४४ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।











