Kathmandu Press

थप ३३०९ जनामा कोरोना संक्रमण, ३८४४ जना संक्रमणमुक्त

नेपालमा थप ३३०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 
थप ३३०९ जनामा कोरोना संक्रमण, ३८४४ जना संक्रमणमुक्त
सांकेतिक तस्वीर।

काठमाडौं, कात्तिक १९ :  नेपालमा थप ३३०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप ३३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। 

योसँगै कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार  ९२३ पुगेको छ भने अहिलेसम्म १ लाख ४४ हजार ९७८ जना संक्रमणमुक्त भएका छन्।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३० जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १०३४ पुगेको छ। 

स्वास्थ्य मन्त्रालयका अनुसार बुधबारमात्रै ३८४४ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्।

प्रकाशित मिति: २२:१३ बजे, बुधबार, कात्तिक १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्