वीर अस्पतालका १६ जना चिकित्सकले दिए सामूहिक राजीनामा
काठमाडौं, कात्तिक १९ : वीर अस्पतालमा कार्यरत १६ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। कोरोना महामारीको उपचारका क्रममा अस्पताल प्रशासनले आफ्ना माग र सुरक्षामा...
काठमाडौं, कात्तिक १९ : वीर अस्पतालमा कार्यरत १६ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्।
कोरोना महामारीको उपचारका क्रममा अस्पताल प्रशासनले आफ्ना माग र सुरक्षामा कुनै ध्यान नदिएको अस्पतालको आकस्मिक कक्षमा कार्यरत १६ जना चिकित्सकले बुधबार सामूहिक राजीनामाको घोषणा गरेका हुन्।
उनीहरुले उपचारमा खटिएका चिकित्सकलाई आवश्यक सुरक्षा सामग्री उपलब्ध नगराएको, ज्यालादारी भनेर अपमानित गर्दै दशैंतिहार भत्ता समेत नदिएर मनोवल गिराउने काम अस्पताल प्रशासनले गरेको आरोप लगाएका छन्।
बुधबार अस्पतालका निर्देशकलाई बुझाइएको राजीनामा पत्रमा धम्कीसहित जवरजस्ती हप्ताको ९६ घण्टासम्म ड्युटी गराएएर सेवासुविधा उपलब्ध नगराएको उल्लेख छ।
राजीनामा चिकित्सकहरुमा डा. कौशलेन्द्र चौधरी, डा. महेश गिरी, डा. नविन थापा, डा. सलोना श्रेष्ठ, डा. भविन्द्र कार्की, डा. ओजिर दिवान, डा. योगीब्रज लामा, डा. शोभना थापा, डा. कीर्ति गोपाल डंगोल, डा. सन्तोष कुमार साह, डा. राकेशकुमार सिंह लगायत १६ जना रहेका छन्।
हेर्नुस् राजीनामा पत्र :












