Kathmandu Press

टर्की भूकम्प पीडितको खोजी अन्तिम चरणमा, मर्नेको संख्या ११६ पुग्यो

अंकारा, कात्तिक १९ : एजिएन समुद्री क्षेत्रमा गत साता गएको विनाशकारी भूकम्पबाट मृत्यु हुनेको संख्या बुधबारसम्ममा ११६ जना पुगेको टर्कीका उद्धारकर्मीहरुले बताएका छन्। टर्कीका...
टर्की भूकम्प पीडितको खोजी अन्तिम चरणमा, मर्नेको संख्या ११६ पुग्यो

अंकारा, कात्तिक १९ : एजिएन समुद्री क्षेत्रमा गत साता गएको विनाशकारी भूकम्पबाट मृत्यु हुनेको संख्या बुधबारसम्ममा ११६ जना पुगेको टर्कीका उद्धारकर्मीहरुले बताएका छन्। 

टर्कीका अधिकारीहरुले एजमिर शहरका भत्किएका भवनमा खोज तथा उद्धार कार्य अन्तिम चरणमा पुगेको जनाएका छन्। टर्कीको तेस्रो ठूलो शहर एजमिरमा पीडित दुई जना मारिएका थिए। ग्रीकेली द्वीप सामोसमा दुई किशोरको मृत्यु भएको थियो।

Hardik ivf

टर्कीको विपद तथा आपतकालीन व्यवस्थापन निकायले एजमिरमा १७ मध्ये १५ वटा ठूला भवन नराम्रोसँग भत्किएका र तिनीहरुमा खोज तथा उद्धार कार्य सकिएको जनाएको छ। 

उक्त निकायले एक हजार ३५ जना घाइते भएका र १३७ जना अझै अस्पतालमा उपचार गराइरहेको बताएको छ। 

मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकपछि राष्ट्रपति रिसेप तायिप एर्डोगानले अन्तिम क्षणसम्म खोजी र उद्धार कार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उद्धारकर्ताहरुले भूकम्प गएको ९० घण्टापछि भत्किएको घरबाट एक जना ३ वर्षीया बालिकालाई जीविकै उद्धार गर्न सफल भएका थिए। 

अमेरिकी भौगर्भिक सर्भेले भूकम्प ७.० म्याग्नीच्यूडको गएको जनाएको छ।

उक्त भूकम्पको धक्का राजधानी इस्तानबुल र ग्रीसको राजधानी एथेन्स समेत पश्चिम टर्कीको ठूलो क्षेत्रमा अनुभव गरिएको थियो। गत शुक्रबारको पहिलो भूकम्प पश्चात एक हजार ७०० भन्दा बढी पटक परकम्प गइसकेका छन्। तीमध्ये ४ रेक्टरभन्दा ठूला ४५ पटक परकम्प गइसकेका छन्।

प्रकाशित मिति: १९:३५ बजे, बुधबार, कात्तिक १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्