Kathmandu Press

खुल्लामञ्चमा खाना खुवाउनेहरुलाई विकल्प खोज्न मेयर शाक्यको आग्रह

काठमाडौं, कात्तिक १९ : काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले खुलामञ्चमा निःशुल्क खाना खुवाउनेहरुलाई विकल्प खोज्न आग्रह गरेका छन्।मेयर शाक्यले बुधबार पत्रकार सम्मेलनमार्फत फोहोर,...
खुल्लामञ्चमा खाना खुवाउनेहरुलाई विकल्प खोज्न मेयर शाक्यको आग्रह

काठमाडौं, कात्तिक १९ : काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले खुलामञ्चमा निःशुल्क खाना खुवाउनेहरुलाई विकल्प खोज्न आग्रह गरेका छन्।

मेयर शाक्यले बुधबार पत्रकार सम्मेलनमार्फत फोहोर, धुलोधुँवा र भिडभाडका बीच स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पूरा नगरी अस्वस्थ र असुरक्षित तरिकाले खाना खुवाएको भन्दै जनस्तरबाटै गुनासो आएपछि विकल्प खोज्न आग्रह गरिएको बताए। उनले नयाँ विकल्पको लागि आवश्यक सहयोग गर्न आफू तयार रहेको पनि बताए।

‘जनगुनासोलाई ध्यानमा राखी बढी भिडभाड हुने र सार्वजनिक स्थलमा अस्वस्थ र असुरक्षित ढंगले भइरहेको खाना खुवाउने कार्यलाई अविलम्ब व्यवस्थित गर्न र विकल्प खोज्न सबैमा हार्दिक अनुरोध गर्दछु।’ 

उनले सार्वजनिक स्थान र सडकमा जथाभावी लाइन लगाएर खाना खुवाउने र उनीहरुकै कथा–व्यथा बेचेर काठमाडौं मागीखानेहरुको सहरको रुपमा विश्वसामु चिनाउने प्रयास नहोस भन्ने आफ्नो चाहना रहेको पनि बताए।

साथै, उनले कोरोनाको कारण रोजगारी गुमाएकाहरुको लागि उनीहरुको सामर्थ्य र सिपको आधारमा रोजगारी दिने पनि बताए। उनले भने, ‘कोभिड महामारीका कारण रोजगारी गुमेर खान नपाएका कोही महानगरवासी हुनुहुन्छ भने आफू बसेको वडा कार्यालयमा सम्पर्क गर्नुस्, भोकै बस्न नपर्ने गरी सहयोग गर्न महानगरपालिका प्रतिवद्ध छ।’

कोरोना भाइरसको संक्रमण जोखिम कम गर्न लकडाउन जारी भएसँगै अभियान्ताहरुले गरिब तथा निमुखा बर्गको लागि खुलामञ्चमा निःशुल्क खाना खुवाइरहेकोछ। 

खुल्लामञ्चमा खाना खुवाउँदा महानगरपालिकाले आफ्नो बेइज्जत भएको भन्दै रोक लगाएपछि चौतर्फी आलोचना भइरहेको छ।

प्रकाशित मिति: १८:४५ बजे, बुधबार, कात्तिक १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्