भारतीय सेनाध्यक्ष नरवणे नेपाल आइपुगे
काठमाडौं, कात्तिक १९ : भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाल आइपुगेका छन्। भारतीय वायु सेनाको विमानमार्फत बुधबार दिउँसो उनी काठमाडौं आइपुगेका हुन्।उनी तीन दिने...
काठमाडौं, कात्तिक १९ : भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाल आइपुगेका छन्। भारतीय वायु सेनाको विमानमार्फत बुधबार दिउँसो उनी काठमाडौं आइपुगेका हुन्।
उनी तीन दिने नेपाल भ्रमणका लागि काठमाडौं आएका हुन्। नरवणेको भ्रमणमा चार सदस्यीय टोली रहेका छन्।
अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार नरवणेको भ्रमण टोली दुईवटा विमानमा काठमाडौं आएका हुन्।
नरवणेको स्वागतका लागि नेपाली सेनाको दोस्रो वरीयताका बलाधिकृत रथी प्रभुराम शर्मासहितका सैन्य अधिकृतहरु विमानस्थल पुगेका थिए। विमानस्थलबाट विशेष सुरक्षा व्यवस्थाका साथ उनलाई सोल्टी होटलमा लगिएको छ।
प्रकाशित मिति: १८:१८ बजे, बुधबार, कात्तिक १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











