Kathmandu Press

अमेरिकी राष्ट्रपति चुनावमा ट्रम्प र वाइडेनबीच कडा प्रतिस्पर्धा, पेन्सलभेनिया निर्णायक

गण्डकी, कात्तिक १९ : गण्डकी प्रदेशका प्रदेशसभा सदस्य विनोद केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ।  रुघाखोकी र ज्वरोसहित कोरोनाको लक्षण देखिएपछि पीसीआर परीक्षणका...
अमेरिकी राष्ट्रपति चुनावमा ट्रम्प र वाइडेनबीच कडा प्रतिस्पर्धा, पेन्सलभेनिया निर्णायक

काठमाडौं, कात्तिक १९ : अमेरिकामा भएको राष्ट्रपति निर्वाचनको मतगणनामा रिपव्लिकन पार्टीका उम्मेद्वार तथा राष्ट्रपति डोनाल्ड जे ट्रम्प र डेमोक्रेटिक पार्टीका राष्ट्रपतिका उम्मेद्वार जोसेफ आर वाईडन जेआरबीच कडा प्रतिस्पर्धा देखिएको छ।

हिजो सम्पन्न मतदानको परिणाम आउनेक्रम जारी छ। पछिल्लो परिणाम अनुसार डेमोक्रेटिक पार्टीका राष्ट्रपति उम्मेद्वार वाइडनले २२३ इलोक्ट्रल जितेका छन्। त्यस्तै राष्ट्रपति ट्रम्पले १७४ इलेक्ट्रोल जितिसकेका छन्। अमेरिकामा राष्ट्रपति निर्वाचित हुन २७० इलेक्ट्रोल जित्नुपर्ने हुन्छ। 

मतदान जारी रहेका दर्जन राज्यहरुमा ट्रम्प अगाडि देखिएका छन् भने वाइडनले पेन्सेलभेनियामा जिते भने मात्रै उनी जित नजिक पुग्नेछन्।

प्रकाशित मिति: १७:४३ बजे, बुधबार, कात्तिक १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्