Kathmandu Press

गण्डकी प्रदेशका कृषिमन्त्रीलाई कोरोना संक्रमण

पोखरा, कात्तिक १९ : गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा मगरलाई कोरोना भाइरस संक्रमण भएको भएको छ।सामान्य खोकी लाग्न थालेपछि...
गण्डकी प्रदेशका कृषिमन्त्रीलाई कोरोना संक्रमण

पोखरा, कात्तिक १९ : गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा मगरलाई कोरोना भाइरस संक्रमण भएको भएको छ।

सामान्य खोकी लाग्न थालेपछि सोमबार मन्त्री मगरको स्वाब संकलन गरिएको थियो। आज बिहान आएको रिपोर्टमा कोरोना संक्रमण देखिएको मन्त्री मगरका निजी सहायक भरत खनालले बताए।

उनका अनुसार मन्त्री मगर होम आइसोलेसनमा बसेका छन्। उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ। कोरोनाका थप लक्षण नदेखिएको खनालले बताए।

प्रकाशित मिति: १७:४० बजे, बुधबार, कात्तिक १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्