Kathmandu Press

कोरोनाबाट धरानमा ९ वर्षीया बालिका र बृद्धाको मृत्यु

धरान, कात्तिक १९ : कोरोना भाइरसको संक्रमणबाट धरानमा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ।धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सुनसरीको इटहरी–६...
कोरोनाबाट धरानमा ९ वर्षीया बालिका र बृद्धाको मृत्यु

धरान, कात्तिक १९ : कोरोना भाइरसको संक्रमणबाट धरानमा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सुनसरीको इटहरी–६ की नौ वर्षीया बालिकाको मृत्यु भएको हो। बालिकाको आज बिहान ३ः२५ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले बताए।

सहप्रवक्ता डा. श्रेष्ठका अनुसार बालिकालाई कात्तिक १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनको स्वास्थ्यमा समस्या देखिएपछि कात्तिक १८ गते अस्पताल भर्ना गरिएको थियो। उनकोउपचारका क्रममा आज बिहान ज्यान गएको डा. श्रेष्ठले बताए।

त्यस्तै, आज बिहान सुनसरीकै धरान–१ की ६१ वर्षीया बृद्धाको मृत्यु भएको छ। उनलाई असोज ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो।

स्वास्थ्यमा समस्या आएपछि कात्तिक ५ गते अस्पताल भर्ना गरिएको थियो। उनलाई श्वासप्रश्वास र उच्च रक्तचापको समस्या रहेको थियो।

 

प्रकाशित मिति: १५:५२ बजे, बुधबार, कात्तिक १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्