Kathmandu Press

बुटवलमा कोरोना संक्रमणबाट ८५ वर्षीय बृद्धको मृत्यु

बुटवल, कात्तिक १९ : कोरोना भाइरसको संक्रमणबाट बुटवलमा एक जना बृद्धको मृत्यु भएको छ।बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत गुल्मीको गुल्मीदरबार गाउँपालिका ६...
बुटवलमा कोरोना संक्रमणबाट ८५ वर्षीय बृद्धको मृत्यु

बुटवल, कात्तिक १९ : कोरोना भाइरसको संक्रमणबाट बुटवलमा एक जना बृद्धको मृत्यु भएको छ।

बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत गुल्मीको गुल्मीदरबार गाउँपालिका ६ का ८५ वर्षीय बृद्धको मृत्यु भएको जनाएको छ। उनलाई कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

त्यसपछि अस्पताल भर्ना गरिएका उनको आईसीयूमा उपचार भइरहेको थियो। उपचारका क्रममै मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए। उनलाई उच्च रक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ।

योसँगै लुम्बिनी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय ७७ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

प्रकाशित मिति: १५:३६ बजे, बुधबार, कात्तिक १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्