Kathmandu Press

राष्ट्रिय फुटबल टिमका थप २ खेलाडीमा कोरोना संक्रमण

काठमाडौँ, कात्तिक १९ : राष्ट्रिय फुटबल टोलीका थप दुई जना खेलाडीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।मंगलबार राति अखिल नेपाल फुटबल संघ (एन्फा) ले...
राष्ट्रिय फुटबल टिमका थप २ खेलाडीमा कोरोना संक्रमण

काठमाडौँ, कात्तिक १९ : राष्ट्रिय फुटबल टोलीका थप दुई जना खेलाडीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।

मंगलबार राति अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय टोलीको अभ्यासमा रहेका दुई जना खेलाडीमा कोरोना संक्रमण देखिएको जानकारी दिएको हो । बंगलादेश सँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि अभ्यासमा रहेका ३४ जना खेलाडीमध्ये अहिलेसम्म ७ जना खेलाडीलाई कोरोना संक्रमण देखिसकेको छ ।

यसअघि ५ जनामा देखिएको थियो । मंगलबार राति थप दुई जनामा देखिएपछि संक्रमितको संख्या बढेको हो। बुधबार राष्ट्रिय टोलीको घोषणा हुने बताइएको छ। तर, राष्ट्रिय टोलीका नियमित खेलाडीहरुलाई नै संक्रमण देखिएपछि टोली व्यवस्थापन चिन्तामा छ ।

यस्तै टोलीसँग बंगलादेश जाने दुई खेल पत्रकारमा पनि कोरोना संक्रमण देखिएको एन्फाले बताएको छ। नेपालले कार्तिक २८ र मंसिर २ मा गरि दुई खेल खेल्दैछ।

प्रकाशित मिति: १४:२८ बजे, बुधबार, कात्तिक १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्