कोरोना संक्रमित पूर्वसभामुख महरा पत्नीको निधन
उनको निधनप्रति प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले दु:ख ब्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत ओलीले दु:ख ब्यक्त गरेका हुन् ।
काठमाडौं, कात्तिक १९ : पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको उपचारका क्रममा निधन भएको छ।
निमोनिया र कोरोना पोजेटिभ देखिएपछि काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत उनको आज बिहान निधन भएको हो । उनलाई १५ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।
श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई केही दिनअघि दाङबाट हेलिकप्टरमा राखेर काठमाडौं ल्याइएको थियो। उनी विगत १० वर्षदेखि माइस्थेनियाबाट समेत पीडित थिइन्।
उनको निधनप्रति प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले दुख ब्यक्त गरेका छन् । सामाजिक सञ्जाल ट्वीट मार्फत ओलीले दुख ब्यक्त गरेका हुन् ।
प्रकाशित मिति: १४:१२ बजे, बुधबार, कात्तिक १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











