Kathmandu Press

च्याम्पियन्स लिगमा लिभरपुलको शानदार जीत

काठमाडौं, कात्तिक १९ : च्याम्पियन्स लिग फुटबलमा एटलान्टामाथि लिभरपुलले शानदार जीत निकालेको छ। मंगलबार राति लिभरपुलका जोटाले ह्याट्रिक गरेको खेलमा लिभरपुलले एटलान्टालाई ५–०...
च्याम्पियन्स लिगमा लिभरपुलको शानदार जीत

काठमाडौं, कात्तिक १९ : च्याम्पियन्स लिग फुटबलमा एटलान्टामाथि लिभरपुलले शानदार जीत निकालेको छ। मंगलबार राति लिभरपुलका जोटाले ह्याट्रिक गरेको खेलमा लिभरपुलले एटलान्टालाई ५–० गोल अन्तरले हराएको हो । त्यस्तै मोहमद सलाहा र साडियो मानेले समेत एक एक गोल गरे।

समूह डी को तीनै खेलमा योर्गेन क्लोप नेतृत्वको लिभरपुलले जित निकालेको छ। पोर्चुगलका अन्तराष्ट्रिय फरवार्ड जोटाले लगातार चौथो खेलमा लिभरपुलका लागि गोल गरेका हुन्। रोबर्टो फिर्मिन्होलाई बेन्चमा राख्दै प्रशिक्षक क्लोपले जोटालाई पहिलो रोजाईको रुपमा मैदान उतारेका थिए। 

खेलको १६ औं मिनेटमा जोटाले लिभरपुललाई अग्रता दिलाएका थिए। उनले ३३ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए।

दोस्रो हाफ सुरु हुने बित्तिकै दोस्रो मिनेटमा सलाहाले लिभरपुललाई ३–० को अग्रता दिलाए । त्यसको दुई मिनेटपछि मानेले लिभरपुलका लागि चौथो गोल गरे। ५४ औ मिनेटमा जोटाले च्याम्पियन्स लिगमा आफ्नो पहिलो ह्याट्रिक पुरा गरेका थिए।

सोही समूहको अर्को खेलमा डच क्लब अजाक्सले एफसी मिडलिजेन्डलाई २–१ गोल अन्तरले हरायो। यसै गरी गएराति नै भएको अर्को खेलमा बायर्न म्युनिखले स्लजबर्गलाई ६–२ गोल अन्तरले पराजित गरेको छ।  बायर्नले स्लजबर्गलाई आधा दर्जन गोल हानेर जितेको हो।

बायर्नका लागि रोबेर्ट लेवानडोस्कीले २ गोल गरे भने लिरोय साने, जेरोमे बोटयांग र लुकास हर्नान्डेजले एक एक गोल गरेका थिए।  त्यस्तै स्लजबर्गका रासमस क्रिस्टेनसेनले एक गोल आत्मघाती गरेका थिए। 

यो जितपछि समुह ए मा बायर्नले अहिलेसम्म खेलेका तिनै खेलमा जित निकाल्दै ९ अंकसहित शिर्ष स्थानमा रहेको छ।  त्यस्तै स्लजबर्गको भने ३ खेलमा एक अंक मात्र रहेको छ। 

यसै समुह गएरति एटलेटिको म्याड्रिड र लोकोमोटिभ मोक्स १–१ गोलको बराबरीमा रोकिएका छन्। यो बराबरीपछि एटलेटिको ३ खेलमा ४ अंकसहित दोस्रो स्थानमा र लोकोमोटिभ ३ खेलमा २ अंकसहित तेस्रो स्थानमा रहेको छ।  

प्रकाशित मिति: १३:५६ बजे, बुधबार, कात्तिक १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्