Kathmandu Press

दमकमा पुनः १५ दिन लकडाउन

काठमाडौं, कात्तिक १९ : कोरोनाभाइरस संक्रमित र मृतकको संख्या बढ्न थालेपछि दमकमा पुनः आंशिक लकडाउन घोषणा गरिएको छ। नगरपालिकाले आंशिक लकडाउन घोषणा गर्दै त्यस...
दमकमा पुनः १५ दिन लकडाउन

काठमाडौं, कात्तिक १९ : कोरोनाभाइरस संक्रमित र मृतकको संख्या बढ्न थालेपछि दमकमा पुनः आंशिक लकडाउन घोषणा गरिएको छ। नगरपालिकाले आंशिक लकडाउन घोषणा गर्दै त्यस अवधिलाई निषेधाज्ञाको रुपमा घोषणा गर्न प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेको हो । 

नगर प्रमुख रोमनाथ ओलीको अध्यक्षतामा रहेको कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धीको समन्वय समितिको बैठकले बुधबारदेखि लागु हुने गरी मंसिर ३ सम्म बेलुका ४ बजेदेखि बिहान ७ बजेसम्म पूर्णरुपमा लकडाउन गर्ने निर्णय गरेको हो। 

कोरोना रोकथाम तथा नियन्त्रणका लागि आशिंक समय लकडाउन गर्ने निर्णय भएको हो। तोकिएको समयलाई पूर्ण रुपमा कार्यान्वयन गराइने  नगरपालिकाले जनाएको छ ।

बेलुकीको समय अनावश्यक भिडभाड हुने गरेकाले त्यसलाई रोक्न पूर्णरुपमा बजार पसल तथा हिँड्डुलमा रोक लगाइएको छ । 
 

प्रकाशित मिति: १३:२० बजे, बुधबार, कात्तिक १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्