Kathmandu Press

अमेरिकामा राष्ट्रपति निर्वाचन सम्पन्न, नतिजा आउन शुरू

काठमाडौं, कात्तिक १९ : अमेरिकामा राष्ट्रपति पदको निर्वाचन सम्पन्न भएको छ । आगामी चार वर्षका लागि ह्वाइट हाउसमा पुग्न मुल रुपमा दुई पार्टी...
अमेरिकामा राष्ट्रपति निर्वाचन सम्पन्न, नतिजा आउन शुरू

काठमाडौं, कात्तिक १९ : अमेरिकामा राष्ट्रपति पदको निर्वाचन सम्पन्न भएको छ । आगामी चार वर्षका लागि ह्वाइट हाउसमा पुग्न मुल रुपमा दुई पार्टी रिपब्लिकन र डेमोक्र्याट बीच भएको प्रतिष्पर्धालाई मतदाताहरुले आफ्ना मतमार्फत् अभिमत दिएका छन् ।

निकै विवादित र विभाजित रुपमा चलेको अमेरिकी निर्वाचन अभियान सकाउँदै मतदाताहरुले उत्साहपूर्वक मत दिएका हुन् । अघिल्ला निर्वाचनका तुलनामा यस पटक धेरै प्रतिशत मत खसेको जनाइएको छ । कतिपय ठाउँका नतिजा आउन शुरू भएको छ। बहालवाल राष्ट्रपति डोनल्ड ट्रम्प र डेमोक्र्याटिक उम्मेदवार जो बाइडनबीच कडा प्रतिस्पर्धा हुने ठानिएको छ।

इस्ट कोस्ट क्षेत्रमा सबैभन्दा पहिला मतदान सम्पन्न भएका छन् तर पश्चिमतिरका थुप्रै राज्यमा ढिलोसम्म मतदान भएको छ। कोरोनाभाइरस महामारीबीच लामो र तिक्ततापूर्ण चुनावी प्रचार अभियान चलेका थिए। अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पले फ्लोरिडाको पाम बीचमा आफ्नो मत खसालेकी थिइन्।

कोरोनो महामारीले सन्त्रस्त बनाएको समयमा पनि अमेरिकीहरुले निकै उत्साहपूर्वक मत खसालेका छन् । अधिकांश मतदाता मुखमा मास्क लगाएर दूरी कायम गर्दै मत खसाल्न लामवद्ध भएका थिए । 

अमेरिकी चुनावी अभियानहरूमा विज्ञापन एउटा महत्त्वपूर्ण हिस्सा हुने गरेको छ र यो वर्षको चुनाव पनि अपवाद हुन सकेन। डेमोक्र्याटिक उम्मेदवार जो बाइडनको प्रचार अभियान समूहले विज्ञापनहरूमा ६३ करोड ८० लाख डलर खर्च गरेको छ। त्यसमध्ये अधिकांश रकम टेलिभिजन विज्ञापनमा खर्च भएको छ।

राष्ट्रपति ट्रम्पको प्रचार अभियान समूहले चाहिँ ४७ करोड २० लाख डलर विज्ञापनमा खर्चेको छ। ट्रम्पले आफ्ना प्रतिद्वन्द्वीले भन्दा थप चार करोड ३० लाख डलर डिजिटल विज्ञापनमा खर्च गरेको हुन सक्ने जनाइएको छ। (बीबीसी) 

प्रकाशित मिति: १३:०२ बजे, बुधबार, कात्तिक १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्