Kathmandu Press

मुम्बईलाई १० विकेटले हराउँदै हैदरावाद प्लेअफमा

काठमाडौं, कात्तिक १९ : सनराइजर्स हैदराबाद इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ ।यूएईमा जारी १३ औं संस्करणको अन्तिम लिग...
मुम्बईलाई १० विकेटले हराउँदै हैदरावाद प्लेअफमा

काठमाडौं, कात्तिक १९ : सनराइजर्स हैदराबाद इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ ।

यूएईमा जारी १३ औं संस्करणको अन्तिम लिग खेलमा मुम्बई इण्डियन्सलाई १० विकेटले हराउँदै हैदराबाद प्ले अफमा पुगेको हो । मुम्बईले दिएको १ सय ५० रनको लक्ष्य हैदराबादले १७ ओभर १ बलमा बिना विकेट गुमाएर पुरा गरेको थियो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । हैदराबाद तेस्रो स्थान बनाउँदै प्ले अफमा पुगेसँगै आईपीएलको प्ले अफ समीकरण समेत पुरा भएको छ ।

हैदराबादले अब इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरसँग खेल्नेछ ।

प्रकाशित मिति: १२:३२ बजे, बुधबार, कात्तिक १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्